Main News
बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
२०७९ मंसिर १३ गते ८:४६
१३ मंसिर २०७९ काठमाडौं । बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा काठमाडौँमा एक जनाको मृत्यु भएको छ ।
अर्का एक जना घाइते भएका छन् । गएराति टोखा नगरपालिका ६ ग्रिनल्याण्डमा बा ७४ प ५७५९ नम्बरको मोटरसाइल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २६ वर्षका सविन कँडेलको मृत्यु भएको प्रहरीले जनाएको ।
प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका कँडेलको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा राति साढे ११ बजे मृत्यु भएको हो ।
यस्तै, मोटरसाइकलको पछाडि बसेका नुवाकोट पञ्चकन्या गाउँपालिका ४ का २२ वर्षका सन्देश कार्की घाइते हुनुभएको छ । उहाँको ग्राण्डी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया