Main News

दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने

हिमालय टिभी
२०७९ मंसिर ११ गते १७:५७
दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने

११ मंसिर २०७९ काठमाडौं । दोलखाका विवादित मतदानस्थलमा फेरि चुनाव हुने भएको छ ।

४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गर्नुभएको थियो । त्यसपछि निर्वाचन आयोगको एक टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो ।

त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न लागेको हो । सिवाकोटीले बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा पुन मतदानको माग गर्नभएको छ ।

आयोगको बोर्ड बैठकले यी सहितका विवादमा परेका अरु केही मतदानस्थलमा फेरि चुनाव गर्ने निर्णय गरेको हो । आयोगले फेरि मतदान गर्न लागेका मतदानस्थलको सूचि भने आइसकेको छैन ।

दोलखामा सिवाकोटीसँगै नेकपा माओवादी केन्द्रका गंगा कार्कीसहितका २१ जना चुनावी मैदानमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *