Main News

इलाम १ मा एमालेका महेश बस्नेत विजयी, झलनाथ खनाल पराजित

हिमालय टिभी
२०७९ मंसिर ११ गते १६:५१
इलाम १ मा एमालेका महेश बस्नेत विजयी, झलनाथ खनाल पराजित

११ मंसिर २०७९ इलाम । इलाम–१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार महेश बस्नेत विजयी हुनुभएको छ ।

बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनाललाई २ हजार ९५७ मतान्तरले पराजित गर्नुभएको हो । यसको निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेकै सुवास नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङले नेपाली कांग्रेसका डम्बर खड्कालाई ११४ मतान्तरले पराजित गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *