खेलकूद

पोल्याण्डले साउदी अरेबियालाई हरायो

२०७९ मंसिर १० गते २१:१९
पोल्याण्डले साउदी अरेबियालाई हरायो

१० मंसिर २०७९ काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ ।

कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले समान १–१ गोल गरे । साउदीले खेलको पहिलो हाफको इन्ज्युरी समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । खेलको ३९औँ मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ८२औँ मिनेटमा कप्तान रोर्बटले गोल गर्दै पोल्याण्डको जित सुनिश्चित गरे ।

पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो । पोल्याण्ड समूह ‘सी’ को शीर्षस्थानमा रहेको छ भने साउदी दोस्रो स्थानमा रहेको छ । पोल्याण्डले चार, साउदी अरेबियाले तीन र मेक्सिकोले एक अङ्क जोडेका छन् । अर्जेन्टिनाले अङ्क जोडेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्