Main News

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

हिमालय टिभी
२०७९ मंसिर १० गते २०:४४
चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : खनाल

१० मंसिर २०७९ फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ ।

इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो ।

आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ ।

दुई सय ६६ मतपत्र बढी भेटियो ।” उहाँले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाउनुभएको छ । पूर्व प्रम खनालले भन्नुभयो, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहनुभएको छ । खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाउनुभएको छ । क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *