Main News

पाल्पा-२ मा एमालेका गैरे विजयी

२०७९ मंसिर ९ गते १५:१२
पाल्पा-२ मा एमालेका गैरे विजयी

९ मंसिर २०७९ पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ बाटे प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी हुनुभएको छ ।

गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिष्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय पाल्पाका प्रमुख रुक्माङ्गगत अर्यालले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *