Main News
बारा–३ बाट एमालेकी साह निर्वाचित
२०७९ मंसिर ९ गते ९:१०
९ मंसिर २०७९ धनुषा । बारा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का ज्वालाकुमारी साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
उहाँको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गर्नुभएको थियो ।
बारा–१ बाट एमालेका मैनाली निर्वाचित
बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याउनुभएको थियो ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याउनुभएको हो । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गर्नुभएको थियो ।
प्रतिक्रिया