Main News

घण्टी चिह्नका ठकुरीले विनोद चौधरीलाई पछि पारे

२०७९ मंसिर ६ गते १३:२९
घण्टी चिह्नका ठकुरीले विनोद चौधरीलाई पछि पारे

६ मंसिर २०७९ नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको छ ।

यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ ।

घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *