Main News
अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु, एक जना घाइते
२०७९ कार्तिक २६ गते १३:०३
२६ कात्तिक २०७९ ताप्लेजुङ । ताप्लेजुङमा अटोरिक्सा दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पाथीभरा याङ्वर गाउँपालिका वडा नम्बर १ नाङ्खोल्याङका ७५ वर्षीय धनबहादुर गुरुङ र उहाँका नाती फुङलिङ वडा नम्बर ८ दोखुका ११ वर्षीय इशान गुरुङ रहेको प्रहरीले जनाएको छ।
सदरमुकाम फुङलिङ नगरपालिका, बेजम्बुबाट सुकेटार विमानस्थलतर्फ जाँदै गरेको अटोरिक्सा दोखुको नाम्लेपाटीमाथि घ्याङडाँडामा दुर्घटना भएको थियो ।
घाइते अटो चालक गङ्गाराम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ ।
प्रतिक्रिया