पाल्पामा चिच्चाएर वर माग्ने धार्मिक मेला (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक २२ गते १७:२३
पाल्पामा चिच्चाएर वर माग्ने धार्मिक मेला (भिडियो रिपोर्टसहित)

२२ कात्तिक २०७९ पाल्पा । पाल्पाको सत्यवतीमा आज चिच्चाएर वर माग्ने धार्मिक मेला लागेको छ ।

सत्यवती बज्यैले कान नसुन्ने भएकोले चिच्चाएर वर माग्नुपरेको किंबदन्ती छ । सत्यवती बज्यैसँग चिच्चाएर मागेको वरदान पूरा हुने भन्दै निकै टाढाटाढाबाट भक्तजनहरु मन्दिरमा आउने गरेका छन् ।

सत्यवती बज्यैसँग रातिमा मात्र चिच्चाएर वदरदान माग्ने प्रचलनलाई आजभोलि दिउँसोमा पनि वर माग्ने गरिएको छ । सत्यवती मन्दिरको किनारमा ताल रहेकोले भक्तजनहरुले तालको वरीपरी घुम्दै चिच्चाएर वर माग्ने गर्दछन् ।

सत्यवती मन्दिरमा चिच्चाएर वरदान माग्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, कास्की, चितवन, दाङ, पर्वत वागलुङ, म्याग्दीका साथै भारतको गोरखपुर, लखनउ लगायतका क्षेत्रबाट भक्तजनको भीड छ ।

सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको झुम्सा पानी मिलबाट करीव १ घण्टाको उकालो पैदल दूरी पार गरी सत्यवती मन्दिरमा पुग्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *