खेलकूद
विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्डस् भिड्दै
२०७९ कार्तिक २० गते ८:३४
२० कात्तिक २०७९ काठमाडौं । ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्ड्सबीच खेल भइरहेको छ ।
समूह बी अन्तर्गत दक्षिण अफ्रिका र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गरिरहेका छन् । एडिलेडमा अफ्रिकाले टस जितेर फिल्डिङ रोजेपछि नेदरल्याण्ड्सले ब्याटिङ गरिरहेको छ ।
अफ्रिकाको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहँदा नेदरल्याण्ड्स प्रतियोगिताबाट बाहिरिइ सकेको छ ।
आजै हुने अन्य खेलमा बंगलादेश र पाकिस्तान तथा भारत र जिम्बाबेले खेल्ने छन् ।
यससँगै समूह बी बाट सेमिफाइनल पुग्ने टोलीको पनि टुंगो लाग्ने छ । समूह ए बाट न्यूजिल्याण्ड र इंग्ल्याण्ड अन्तिम चारमा पुगेका छन्
प्रतिक्रिया