खेलकूद

सेनाका गजेन्द्र राईलाई फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ प्रतियोगिताको उपाधि

हिमालय टिभी
२०७९ कार्तिक १९ गते १६:५४
सेनाका  गजेन्द्र राईलाई फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ प्रतियोगिताको उपाधि

१९ कात्तिक २०७९ काठमाडौं । नेपाली सेनाका गजेन्द्र राईले फस्ट शिवपुरी ट्रायल रन एण्ड साइक्लिङ प्रतियोगिताको उपाधि जितेका छन् ।

नेपाली सेना, बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको २२ किलोमिटर खुल्ला पुरुष ट्रेल रनतर्फ प्रथम भएका राईले एक लाख रुपैयाँ पुरस्कार पाए ।

खड्गबहादुर खड्का, दोस्रो, मोहनदेव जोशी तेस्रो भए । त्यस्तै ३० किलोमिटर साइक्लिङमा हिमाल टमाटा प्रथम भएका छन् । उनले एक घण्टा २१ मिनेट ६ सेकन्डमा दूरी पूरा गरेका थिए । प्रथम भएका टमाटाले ७० हजार नगद प्राप्त गरे ।

त्यस्तै लक्ष्मण मल्ल दोस्रो, कुमार तामाङ, तेस्रो, किरण लिम्बु चौथो र नवराज न्यौपाने पाँचौं भए ।

यस्तै १५ किलोमिटर महिला ट्रेल रनमा मन्जु रावत प्रथम भएकी छन् । उनले ५० हजार पुरस्कार प्राप्त गरेको भवानी दल गणका गणपति प्रमुख सेनानी रवी केसीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *