एमालेको चुनावी घोषणापत्र सार्वजनिक, के छ अरुको भन्दा फरक ? (पूर्ण पाठसहित)

१५ कात्तिक २०७९ काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंमा आज कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले डिजिटल माध्यमबाट घोषणापत्र सार्वजनिक गर्नुभयो । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन नगर्ने भन्ने प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।
घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
आगामी ५ वर्षमा नेपालको अर्थतन्त्रको आकार १०० खर्ब पुर्याउने, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने र नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्याउने पनि घोषणा गरेको छ ।
एमालेले दुई वर्षभित्र सबै स्थानीय तहमा सडकको पहुँच पु¥याउने पाँच लाख नेपालीलाई रोजगारी दिने र न्यूनतम ज्याला २५ हजार दिने बताएको छ।
एमालेले पाँच वर्षमा ६० लाख नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएको छ। समृद्धिसम्मको नाता सबैको बैंक खाता नारा समावेश गर्दै एमालेले २ वर्षमा सबैको बैंक खाता हुने प्रतिबद्धता व्यक्त गरेको छ।
घोषणा पत्र सार्वजनिक भएपछि ओलीसँग लाईभ डिबेट शुरु भएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।
प्रतिक्रिया