Main News

छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै

हिमालय टिभी
२०७९ कार्तिक १२ गते ८:३७
छठ पर्व अन्तरगत आज ‘खरना’ मनाउँदै

१२ कात्तिक २०७९ काठमाडौं । छठ पर्व अन्तरगत आज व्रतालुले ‘खरना’ मनाउँदैछन् ।

हिजो ‘नहाय–खाय’ गरेर व्रत सुरू गरेका श्रद्धालुले आज खरना गर्न लागेका हुन् । छठको दोस्रो दिन दिनभर व्रत बसेर साँझ चन्द्रदर्शन गर्ने विधि छ ।

यसपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर हालेर खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाउने र व्रतालु तथा परिवारका सदस्यले प्रसाद खाने चलन छ ।

भोलि निराहार व्रत बसेर जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ । पर्सि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व सकिन्छ । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *