Main News

डेङ्गु सङ्क्रमणका बिरामी घट्दै, जोखिम भने कायमै

हिमालय टिभी
२०७९ कार्तिक ९ गते ८:५५
डेङ्गु सङ्क्रमणका बिरामी घट्दै, जोखिम भने कायमै

९ कात्तिक २०७९ काठमाडौं । डेङ्गु सङ्क्रमणका बिरामी घट्न थालेपनि जोखिम भने कायमै रहेको विज्ञहरुले बताएका छन् ।

नेपालमा हालसम्म ४३ हजार ६ सय ८५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ भने ५१ जनाको मृत्यु भइसकेको छ । गत सेप्टेम्बरमा २७ हजारमा डेङ्गी पुष्टि भएकोमा अक्टोबर अन्तिम सातासम्म १३ हजारमा पुष्टि भएको छ ।

तथ्याङ्कले डेङ्गु सङ्क्रमितको सङ्ख्या ५० प्रतिशतले घटेको देखाए पनि डेङ्गु सङ्क्रमण हुँदैन भनेर ढुक्कसँग बस्न मिल्ने अवस्था भने नरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभयो ।

डेङ्गु फैलाउने एडिस प्रजातिको लामखुट्टे कम भइनसकेकाले अहिले नै डेङ्गुको प्रकोप हटिनसकेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *