Main News

सांसद बन्ने टुंगो छैन, संसदीय दलको नेता छान्न चुनाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ कार्तिक ६ गते २१:३५
सांसद बन्ने टुंगो छैन, संसदीय दलको नेता छान्न चुनाव (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ काठमाडौं । संसदीय प्रणालीका आफ्नै मूल्यमान्यता र प्रचलन रहन्छ । संसदमा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक तोकिन्छन् तर, उनीहरु सम्बन्धित दलका सांसद नै हुन्छन् ।

भर्खरै दर्ता भएको नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले भने संसदीय दलको नेता चयन गर्न आन्तरिक चुनावका लागि आफ्ना सदस्यलाई आह्वान गरेको छ । सांसद नै नचुनिदैं संसदीय दलको नेताको प्रतिष्पर्धा आफैंमा अमिल्दो भएको भन्दै आलोचना शुरु भएको छ ।

पूर्वपत्रकार रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को उट्पट्याङ काम गरेको छ । पहिलो पटक चुनावी मैदानमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले कति सीट जित्छ, टुंगो छैन । मतदाताले अनुमोदन गर्लान कि नगर्लान त्यो पनि एकिन छैन, तर संसदीय दलको नेता चयनका लागि यो पार्टीले आन्तरिक प्रतिष्पर्धा सुरु गरेको छ ।

कात्तिक ७ गते साँझ ५ बजेसम्म समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारले दलको नेताका लागि आवेदन दिनसक्ने भनिएको छ । पार्टीको विधानको धारा ७२ ९१० बमोजिम प्रारम्भीक निर्वाचन गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । दलको नेता छान्न हुने मतदानमा मतदाता चाँही पार्टीका सम्पूर्ण साधारण सदस्य हुने भनिएको छ । यो पार्टीले अहिलेसम्म सदस्यता वितरण गरेको छैन, पार्टीको वेबसाइट, मोबाइल एपमा दर्ता भएका र अफलाइन सबै गरेर २ लाख हाहारीमा व्यक्ति दर्ता भएको र उनीहरुले नै मत दिनेछन् ।

यो पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फको बन्दसूचीमा १ सय १० जनाको नाम बुझाएको छ । बन्दसूचीकै लागि पनि प्रारम्भीक चुनाव गरेर उम्मेदवार छनौट गरेको यो पार्टीको अभियान खासै प्रभावकारी देखिएको थिएन । प्रत्यक्षतर्फ पनि १ सय ३० क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले चुनाव जितिहाल्ने आधार प्रष्ट छैन ।

समानुपातिकतर्फ सांसद हुन देशभर खसेको मतको न्यूनतम मत ९थ्रेस होल्ड० कटाउनुपर्छ । घण्टी चिन्ह बोकेर चुनावी मैदानमा उत्रिएको यो पार्टीको चिन्ह मतदातामा भिजिसकेको छैन । त्यसो हुँदा थ्रेस होल्ड कटाउन मुस्किल हुनसक्छ ।

यस्तो अवस्थामा दलको नेता अहिले नै छान्नुभन्दा अन्तिम मत परिणाम आएपछि बल्ल प्राइमरी गर्दा उपयुक्त हुने सुझाव पनि आउन थालेका छन् । विधान अनुसार नै संसदीय दलको नेता चयन गर्न खोजेपनि पार्टी सभापति रवी लामिछाने मात्रै आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *