Main News

गठबन्धनको जितको शुरुवात सुदूरपश्चिमबाट हुने सभापति देउवाको अपेक्षा (भिडियो रिपोर्टसहित)

२०७९ कार्तिक ६ गते १६:४३
गठबन्धनको जितको शुरुवात सुदूरपश्चिमबाट हुने सभापति देउवाको अपेक्षा (भिडियो रिपोर्टसहित)

६ कात्तिक २०७९ धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जितको सुरुवात सुदूरपश्चिमबाट हुने अपेक्षा राखेको बताउनु भएको छ ।

धनगढीमा सत्ता गठबन्धनले गरेको प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वानसमेत गर्नुभयो ।

देउवाले देश चुनावपछि कता जाने भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको जिकिर गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो गठबन्धन सफल नभए देश दुर्घटनामा जाने चेतावनी दिनुभयो । उहाँले फरक दुई विचारको गठबन्धन बनेको भन्दै संविधानले सवै वर्ग क्षेत्रको रक्षा गर्ने अधिकार दिएका कारण यो गठबन्धनलाई जिताउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनमा रहेका दलका कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मात्रै मत दिनुपर्ने बताउनुभयो ।

गठबन्धन देशको विकासमा लागि बनेकाले गठबन्धनले जित्नुको विकल्प नभएको नेपालको भनाइ छ । गठबन्धनले अहिले कर्णाली प्रदेशको सुर्खेतमा भेला गरिरहेको छ । यस विषयमा थप जानकारी दिन सहकर्मी रमेशकुमार पाण्डे जोडिनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *