प्रत्यक्षतर्फ १ करोड ४४ लाख मतपत्र छपाइ सकियो

हिमालय टिभी
२०७९ कार्तिक ५ गते १०:१२
प्रत्यक्षतर्फ १ करोड ४४ लाख मतपत्र छपाइ सकियो

५ कात्तिक २०७९ काठमाडौं । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको १ करोड ४४ लाख मतपत्र छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि ४ करोड मतपत्र छाप्नुपर्ने बताउँदै आयोगले हाल दैनिक २० लाख मतपत्र छपाइ गरिरहेको बताएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगको कार्यतालिका अनुसार मतपत्र छपाइ सकाउने योजना रहेको बताउनुभयो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भने हाल भइरहेको छ । प्रदेश १, मधेश र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी भइसकेको हो । बाँकी रहेका प्रदेशका करिब २० जिल्लामा मतपत्र ढुवानी हुन बाँकी रहेको भन्दै आयोगले केही दिन भित्रै सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने बताएको छ ।

प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधि सभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ ।

सो निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ पुरुष, ८८ लाख ४७ हजार ५ सय ७९ महिला र १ सय ८५ अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले मतदान गर्दैछन् । देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *