Main News

क्रिकेटर लामिछानेविरुद्ध तेस्रोपटक म्याद थप्दै प्रहरी

हिमालय टिभी
२०७९ कार्तिक २ गते ९:१५
क्रिकेटर लामिछानेविरुद्ध तेस्रोपटक म्याद थप्दै प्रहरी

२ कात्तिक २०७९ काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्ने भएको छ ।

थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरीले आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ । पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार सन्दीपविरुद्ध अनुसन्धान बाँकी रहेकाले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौंमा पेस गरिनेछ ।

प्रहरीले अनुसन्धान सकाएपछि प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंसमक्ष पेस गर्नेछ । त्यसपछि थुनछेकको बहस शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *