Main News

कर्णालीमा बाढी पहिरो कहर: वर्षाले सडक अवरुद्ध, उडान छैन नियमित (भिडियो रिपोर्टसहित)

२०७९ असोज २९ गते २१:२४
कर्णालीमा बाढी पहिरो कहर: वर्षाले सडक अवरुद्ध, उडान छैन नियमित (भिडियो रिपोर्टसहित)

२९ असोज २०७९ नेपालगञ्ज । कर्णाली प्रदेशमा हवाई उडान नियमित छैन । त्यसमाथि गत साताको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि सडक सञ्जालबाट हिमाली र पहाडी क्षेत्रमा पुग्न समस्या छ । तर, उडान नै नहुँदा यात्रु, विद्यार्थी र कर्मचारी अलपत्र परेका छन् ।

नेपालगञ्ज विमानस्थल । यहाँ टिकटका लागि यात्रु लुछाचुँडी गर्दैछन् । पहुँच हुनेले टिकट पाएका छन् भने नहुनेको त हरिविजोग छ ।

यो विमानस्थलबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा एयरलाइन्स ले उडान भर्र्ने गर्दछन् । तर, नियमित उडान नहुदाँ यात्रु मर्कामा परेका छन् । चिने जानेका र पहुँच हुनेले छिटो टिकट पाउँछन् भने नहुनेले हप्तादिन सम्म टिकटको लागि धाँउदा पनि हातमा टिकट पाउँदैनन् ।

अविरल वर्षाले कर्णाली राजमार्ग ठाउँ ठाउँमा भासिएको छ । यही मौका छोपेर एयरलाईन्सले महंगो शुल्कमा भए यात्रु लैजाने नभए यात्रु नै नबोक्ने सम्मको हर्कत गरिरहेका छन् ।

जहाँ धेरै यात्रु पाइन्छ विमान कम्पनी त्यतै लाग्ने गरेका छन् । निजी एयरलाइन्सले तालिका अनुसारको उडान नभरेपछि चार्टर्ड उडानमा यात्रा गर्न यात्रु बाध्य छन् । चार्टर्ड उडानमा नियमित भन्दा दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ । तर नियमित उडान नहुँदा काम विशेषले एक ठाउँ बाट अर्को ठाउँमा जान समस्या छ । चार्टर्ड उडान गर्दा डेढ गुनासम्म रकम लिन पाउने प्रावधान नै छ । तर, ७ हजार पर्ने टिकटको ११ हजारसम्म उठाउने गरेको यात्रु बताउँछन् ।

सडक नखुल्दा तथा उडान नियमित नहुँदा रारा आउने पर्यटकका लागि कठिनाई छ । साथै विभिन्न जिल्लामा रहेका कर्मचारी १२ को पुरक परीक्षा दिन जान पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *