राजनीति

कहाँ कस्ले लिए उम्मेदवारी फिर्ता, ककसले मानेन पार्टीको निर्देशन

हिमालय टिभी
२०७९ असोज २६ गते १६:२५
कहाँ कस्ले लिए उम्मेदवारी फिर्ता, ककसले मानेन पार्टीको निर्देशन

२६ असोज २०७९ काठमाडौं । मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने समय सकिएको छ ।

चितवन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनबाट बागी बनेका उम्मेदवारलाई समर्थन गरेको छ । एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका दिनेश कोइरालालाई समर्थन गरेको हो ।

चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरसहितको पत्र पठाएर न्यौपानेको उम्मेदवारी फिर्ता लिइएको छ । अब चितवन –३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा। भोजराज अधिकारीसँग बागी बनेका कोइरालासँग प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्तां लिइएपछि एमालेमा असन्तुष्टि बढेको छ ।

यता, नेकपा एमाले र राप्रपाबीच धादिङ क्षेत्र नम्बर २ मा चुनावी तालमेल भएको छ । उम्मेदवारी मनोनयन फिर्ता लिने दिन आज राप्रपाले प्रतिनिधि सभा र प्रदेश सभा २ मा एमालेलाई समर्थन गर्दै आफ्ना उम्मेदवार फिर्ता गरेको छ ।

प्रतिनिधिसभामा राप्रपाका उम्मेदवार पर्शुराम तामाङले उम्मेदवारी फिर्ता लिएर एमालेका खेम लोहनीलाई समर्थन गर्नुभएको छ । त्यस्तै प्रदेशतर्फ सोही क्षेत्रको १ नम्बरमा एमालेका धनवहादुर घलेले राप्रपाका डम्बर तामाङलाई समर्थन गरेर फिर्ता लिनुभएको छ ।

त्यस्तै प्रदेश २ तर्फ राप्रपाका मोहन पोखरेलले एमालेका डा. रामकुमार आधिकारीलाई समर्थन गरेर उम्मेदवारी फिर्ता लिनुभएको छ ।

यता, ललितपुरको क्षेत्र नम्बर १ प्रदेश सभा (क) मा माओवादीका केन्द्रका बागी उम्मेदवारले नाम फिर्ता लिएका छन् । माओवादीका आधिकारिक उम्मेदवार हरि दाहालको विरुद्धमा बागी उम्मेद्वारी दिएका नेता राजु आले मगरले उम्मेद्वारी फिर्ता लिनुभएको छ ।

काठमाडौं ४ मा प्रतिनिधि सभाका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका अरुण श्रेष्ठले नाम फिर्ता लिनुभएको छ । उम्मेदवारको तयारी अलि अघि देखि नै गर्नुपर्नेमा ढिलो मानसिकता बनेकाले नाम फिर्ता गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्