Main News

एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग गरेको घोषणा

हिमालय टिभी
२०७९ असोज २२ गते १४:१४
एमाले नेता घनश्याम भुसालद्वारा पार्टी परित्याग गरेको घोषणा

२२ असोज २०७९ काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले पार्टी छाडेको घोषणा गर्नुभएको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वारका प्रत्यासी भुसालले टिकट नपाएपछि पार्टी छोडेको घोषणा गर्नुभएको हो । सामाजिक सञ्जालमा लेख्दै नेता भुसालले पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने सम्भावना नदेखिएको भन्दै पार्टी छाड्ने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ ।

उहाँले अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको समेत स्ट्याटसमार्फत जानकारी दिनुभयो । भुसालको निर्वाचन क्षेत्र रूपन्देही ३ मा राप्रपाका दिपक बोहोराले टिकट पाउनुभएको छ ।

यो क्षेत्रमा एमालेले राप्रपालाई सघाउनेछ। २०७४ सालको निर्वाचनमा बोहोरालाई भुसालले पराजित गर्नुभएको थियो । बोहोरा कांग्रेसको समर्थनमा राप्रपाका उम्मेदवार हुनुहुन्थ्यो भने भुसाल वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार हुनुहुन्थ्यो ।

एमालेको नवौं महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका भुसाल दसौं महाधिवेशनमा उपाध्यक्षमा पराजित हुनुभएको थियो । पार्टी छोडेपछि भुसालले माओवादीबाट चुनाव लड्ने आकलन गर्न थालिएको छ । पार्टी छोडेपछि भुसालले रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिने तयारी गर्नुभएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *