Main News

दसैंमा बलि– गलत की सही ? समाज किन विभाजित ? भिडियो रिपोर्टसहित)

२०७९ असोज १८ गते २१:३६
दसैंमा बलि– गलत की सही ? समाज किन विभाजित ? भिडियो रिपोर्टसहित)

१८ असोज २०७९ काठमाडौं । दशैंमा शक्तिपिठमा मात्रै नभएर घर घरमा ठूलो संख्यामा बलि दिइन्छ । धर्म र संस्कृतिको निरन्तरता र आस्थाका कारण पशु बलिको जति नै विरोध भएपनि निरन्तरता पाउने गर्दछ । एक थरीले बलि शास्त्रसम्मत भएको दावी गर्छन् भने अर्का थरीले विरुद्धमा रहेको विचार राख्छन् ।

प्रत्येक पाँच वर्षमा बाराको गढीमाई मेलामा दिइने पशुबलिलाई विश्वमा सबै भन्दा धेरै पशुबलि दिइने स्थलका रुपमा चिनिन्छ । आस्था र मनोकामना पूरा हुने विश्वासका कारण भारतबाट समेत पशुबलि दिन भक्तजन गढीमाई पुग्छन् । मेला लाग्ने समयमा होस् वा दसैँ आउँदा होस् हरेक पटक पशु बलिलाई लिएर बहस चर्किन्छ ।

दसैँको अष्टमीको रात अर्थात कालारात्रि र नवमीमा शक्तिपीठमा भक्तजनको पशु बलि दिन घुइँचो लाग्छ । कतिपयले भाकल पूरा गर्न त कतिपयले मासु खान यसरी बलि दिने गर्दछन् । बलि नै दिनुपर्ने भएपनि नरीवल र कुभिण्डोको बलि चढाउनुपर्ने तर्क प्रकट हुने गरेको छ । तर, अर्को पक्ष भने दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात भएको बताउँछन् ।

उनीहरूलाई बलिबारे प्रश्न गर्नु भनेको आस्थामाथि प्रहार भएको महसुस गर्ने समूह पनि छ । केहि धार्मिक व्यक्ति तथा संस्था बलि प्रथाविरुद्ध उभिएका छन् भने केहि परम्परको जर्गेना गर्ने नाममा बलि प्रथालाई निरन्तरता दिनु पर्ने पक्षमा उभिएका छन् । यसलाई समलोचनात्मक दृष्टिबाट हेर्दा रुढिवादी तथा कर्मकाण्डीय पक्षलाई अँगिकार गर्ने धार्मिक व्यक्ति वा संस्था बलि प्रथाको पक्षमा उभिएका देखिन्छन् ।

अर्कातर्फ आध्यात्मिक पक्षलाई अँगिकार गर्ने तथा समयानुकूल संस्काररसंस्कृति परिवर्तन वा परिमार्जन हुनुपर्छ भन्ने सोंच राख्ने धार्मिक व्यक्ति वा संस्था चाँहि बलि प्रथाको विरुद्धमा उभिएको देखिन्छ । तर, जानकारहरू भने धर्म र आस्थाको नाममा कसैको प्राण लिने पशु बलिलाई समय सापेक्ष परिवर्तन गर्दै जानुपर्ने तर्क दिन्छन् ।

पशुबलिलाई रोक्दै नरिवलको बलि चढाउन सकिने विकल्प अघि सार्ने गरिएको छ । कोही बलि प्रथाको विरोधमा अभियान चलाएरै हिँडिरहेका छन् भने कोही आस्थामाथि प्रहार गरेको भन्दै चित्त दुखाउने गर्दछन् । धर्म, संस्कृति र आस्था भनेको समयानुसार परिवर्तन गर्दै जान सकिने कुरा हुन् । संस्कृतिमा देखिएका विकृतिलाई हटाउँदै लैजाँदा समुन्नत संस्कृति निर्माण गर्न सकिन्छ ।

प्रतिक्रिया

One thought on “दसैंमा बलि– गलत की सही ? समाज किन विभाजित ? भिडियो रिपोर्टसहित)

  1. मानिस सबै प्राणी भन्दा उच्च बाैधिकता भएकाे प्राणी हाे भने बाघ, श्याल, गिध्द जस्तै अरू प्राणीकाे हत्या गरेर खानु हुदैन । अझ सृष्टि गर्ने देवता भन्ने हिन्दुले मासु खानकाे लगि देवताकाे मन्दिरमा हत्या गर्नु भनेकाे अक्षम्य पाप हाे ।
    बलीकाे अर्थ हत्या हैन त्याग हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *