Main News

बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ

हिमालय टिभी
२०७९ असोज १८ गते १६:४५
बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ

१८ असोज २०७९ चितवन । उपचारका क्रममा एक जनाको मृत्यु भएपछि आफन्तले चितवन मेडिकल कलेजको आईसीयूलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

असोज १७ गते बिहान ७ बजे उपचारका लागि कलेजमा आएका चितवन भरतपुर महानगरपालिका वडा नम्बर १३ उजेलीनगरका ३६ वर्षीय रमेश कुँवरको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको हो ।

कुँवरको प्याङ्क्रियाजमा समस्या भएर उपचारका लागि सोमबार बिहान ८ बजे अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि विभिन्न अंगप्रत्यङ्गहरूले काम नगरेका कारण हिजै साँझ निधन भएको थियो ।

चिकित्सकले लापरबाही गरेका कारणले बिरामीको निधन भएको भन्दै उनीहरूले आक्रोश पोखेका थिए । घटनापछि प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *