राजनीति
आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने बाबुराम भट्टराईको घोषणा
२०७९ असोज १७ गते १३:०९

१७ असोज २०७९ काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा गर्दै अध्यक्ष भट्टराईले मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिनुभएको हो ।
सञ्जालमा उहाँले गोरखावासीका लागि यसअघि सांसद हुँदा तय गरेका योजनालाई मुर्त रूप दिएरै छाड्ने दृढतासमेत व्यक्त गर्नुभयो । चुनावमा सहभागी नभएपनि राजनीतिक यात्रा भने जारी रहने उहाँको भनाइ छ ।
केही दिनयता भट्टराईले आफू निकटस्थहरूसँगको छलफलमा आफू पार्टी राजनीति र विचार निर्माणमा केन्द्रित हुने मनसाय व्यक्त गर्दै आउनुभएको थियो ।
प्रतिक्रिया