खेलकूद
दक्षिण अफ्रिकासँगको दोस्रो टि–२० मा भारत विजयी
२०७९ असोज १७ गते १०:१२
१७ असोज २०७९ काठमाडौं । दक्षिण अफ्रिकासँगको दोस्रो टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत विजयी भएको छ ।
राति भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई १६ रनले हराएको हो । योसँगै तीन टि २० अन्तर्राष्ट्रिय खेलमा भारतले २९० रनको अग्रता बनाएको छ ।
जितको लागि २ सय ३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो ।
भारत पहिलो खेलमा ८ विकेटले विजयी भएको थियो । तेस्रो खेल आउँदो मङ्गलबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेलको श्रृङ्खला हुनेछ ।
प्रतिक्रिया