राजनीति

चुनावी चर्चा : नवलपुर–२ मा कांग्रेसका विष्णुकुमार कार्की कि विनोद चौधरी उम्मेदवार ? (भिडियो रिपोर्टसहित)

२०७९ असोज १६ गते १७:५८
चुनावी चर्चा : नवलपुर–२ मा कांग्रेसका विष्णुकुमार कार्की कि विनोद चौधरी उम्मेदवार ? (भिडियो रिपोर्टसहित)

१६ असोज २०७९ नवलपुर । २०७४ मा कांग्रेसको समानुपातिक सूचीबाट सांसद बनेका विनोद चौधरी यो पटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।

नवलपुर क्षेत्र नम्बर २ बाट उठ्ने चौधरीको तयारी रहँदा गत वर्ष प्रत्यक्षमा पराजित कांग्रेसका विष्णुकुमार कार्की पनि आकांक्षी हुनुहुन्छ । प्रत्यक्ष उम्मेद्वार तय नभएपनि कार्कीले चौधरीभन्दा आफू बलियो रहेको दाबी गर्दै आउनुभएको छ ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी संसद भवन छिर्न यसपटक प्रत्यक्ष चुनाव लड्नै पर्ने दबाबमा हुनुहुन्छ । नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने ुमुडुमा रहेका चौधरीलाई क्षेत्र नम्बर २ सहज भने छैन ।

कांग्रेसले अहिलेसम्म जित निकाल्न नसकेको यो क्षेत्रमा चौधरीको उपस्थितिलाई संशयमै हेरिएको छ । सोही क्षेत्रबाट गत वर्ष प्रत्यक्षमा चुनाव लडेर विष्णुकुमार कार्की पराजित हुनुभएको थियो । तर, अधिकांश पुराना नेताले भने कार्कीलाई पाखा लगाएर चौधरीलाई टिकट दिन नहुने बताउँदै आएका छन् ।

स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवारकै कारण पराजय भोग्नुपरेको बताउँदै संघीय निर्वाचनमा त्यो गल्ती नदोहोर्याउन कार्यकर्ताले नेतृत्वलाई सुझाव दिएका छन् ।

चुनावकै तयारीका लागि चौधरी लामो समयदेखि स्थानीयस्तरका कार्यक्रममा पनि सहभागी हुँदै आउनुभएको छ । तर स्थानीय नेता कार्यकर्ताको समर्थन पाउन भने मुस्किल छ ।

यता अरू दलसँग गठबन्धन नगरेकाले उम्मेदवार चयनमा एमालेलाई भने केही सहज देखिन्छ । एमालेले हालका सांसद तिलक महतलाई नै दोहोर्‍याउने सम्भावना बढी छ । गत निर्वाचनमा कांग्रेसका कार्की एमाले नेता महतसँग सामान्य मतान्तरले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *