Main News

नवमीदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना, तत्काल धान नकाट्न सुझाव

हिमालय टिभी
२०७९ असोज १६ गते ९:४३
नवमीदेखि पूर्णिमासम्म नै पानी पर्ने सम्भावना, तत्काल धान नकाट्न सुझाव

१६ असोज २०७९ काठमाडौं । दसैँको नवमीदेखि पूर्णिमासम्म पानी पर्ने सम्भावना रहेकाले बाढीपहिरोको जोखिम बढ्ने देखिएको छ ।

आज र भोलि दिउँसो घाम लागे पनि पर्सि नवमीदेखि भने देशभर पानी पर्ने प्रणाली भित्रन लागेकाको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताउनुभयो । उहाँका अनुसार केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना छ ।

अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै गरेकाले यो प्रणालीको असर नवमीदेखि पर्ने अनुमान गरिएको छ ।

यसको प्रभावले नवमीदेखि पूर्णिमासम्म नै देशका धेरै ठाउँमा हल्कादेखि मध्य वर्षा हुँदा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा निकै ठूलो पानी पर्ने सम्भावना रहेको मोसमविद् पौडेलले जानकारी दिनुभयो ।

योसँगै नेपालबाट आज मनसुन बाहिरिनुपर्ने भएपनि ढिला हुने भएको छ । यो वर्षको मनसुन गत जेठ २८ गते भित्रिएको थियो ।

पानी पर्ने क्रम अब बढ्दै जाने भएकाले खेतीपातीको काम गर्दा सचेत हुन पनि पौडेलले आग्रह गर्नुभयो । विशेषगरी अहिले तत्काल धान नकाट्न र काटिहाले भित्र्याइहाल्न पनि उहाँको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *