Main News

साढे ६ लाखले काठमाडौँ उपत्यका छोडे

हिमालय टिभी
२०७९ असोज १६ गते ९:२७
साढे ६ लाखले काठमाडौँ उपत्यका छोडे

१६ असोज २०७९ काठमाडौं । दशैं मनाउनका लागि काठमाडौँ उपत्यकाबाट साढे ६ लाख नागरिक बाहिरिएका छन् ।

महानरीय ट्राफिक प्रहरी मशाशाखाका अनुसार हिजो सबैभन्दा धेरै यात्रुले काठमाडौँ छाडेका छन् । आजबाट बाहिरिनेको सङ्ख्या कम हुने प्रहरीको भनाइ छ । आज र भोलिसम्ममा घर जानेहरूको भीडका कारण बसपार्क, विभिन्न राजमार्गहरूमा चहलपहल हुन्छ ।

बसपार्कमा पुगेका यात्रुले भने टिकट पाउन नसकेको गुनासो गरेका छन् । यसअघि सरकार र यातायात व्यवसायीबीच आवश्यकता अनुसार बस थप्ने सहमति भएको थियो । चिनेजानेका मानिस, सरकारी उच्च अधिकारीको भनसुनमा व्यवसायीले टिकट वितरण गरेको भन्दै यात्रुहरूले आक्रोश पोख्ने गरेका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेले टिकटको समस्या नभएको दावी गर्नुभयो । सवारी साधनको व्यवस्थापन भएनभएको बारेमा जानकारी लिन र तत्काल यात्रुको माग सम्बोधनका लागि टोली खटिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *