Main News

सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

हिमालय टिभी
२०७९ असोज १४ गते १०:१२
सत्ता गठबन्धनको बैठक आज पनि बस्ने

१४ असोज २०७९ काठमाडौं । आगामी निर्वाचनको सिट बाँडफाँडको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा गठबन्धन दलबीच सहमति नजुटेका निर्वाचन क्षेत्रका विषयमा छलफल गरेर टुङ्गोमा पुग्न प्रयास हुने नेताहरूले बताएका छन् ।

गठबन्धनभित्र प्रदेश र प्रतिनिधिसभातर्फ सिट बाँडफाँड करिब टुङ्गिसकेको नेताहरूको दावी छ । कार्यदलले तयार पारेको प्रस्तावमा शीर्ष नेताहरूले छलफल गरी टुङ्ग्याउने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *