खेलकूद
पहिलो टी–२० क्रिकेटमा भारत विजयी, दक्षिण अफ्रिका ८ विकेटले पराजित
२०७९ असोज १३ गते ९:४३

१३ असोज २०७९ काठमाडौं । भारतले पहिलो टी–२० क्रिकेटमा दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ ।
गएराति भएको खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई हराउँदै तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।
दक्षिण अफ्रिकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टी–२० आइतवार तथा तेस्रो खेल मङ्गलवार हुनेछ ।
प्रतिक्रिया