Main News

काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा

हिमालय टिभी
२०७९ असोज १३ गते ९:११
काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा

१३ असोज २०७९ काठमाडौं । काठमाडौंँ उपत्यकामा एकैदिन ३४ सय सवारी चालक कारबाहीमा परेका छन् ।

हिजो तीन हजार ४ सय ९ सवारी चालक कारबाहीमा परेका काठमाडौंँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय ५९ जना, लेन अनुशासन पालना नगर्ने ४२ सवारी चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

यसैगरी सडक बत्ती सम्बन्धी नियम पालना नगर्ने ५०, हर्न बजाउने १२५, नम्बर प्लेट मेटिएका, छोपिएका लगायतका २४ र अन्य ३ हजार ९ जनालाई कारवाही गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *