Main News

प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक आज बस्दै

हिमालय टिभी
२०७९ असोज १३ गते ९:०८
प्रत्यक्षतर्फका उम्मेदवार टुङ्ग्याउन एमाले सचिवालय बैठक आज बस्दै

१३ असोज २०७९ काठमाडौं । एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुङ्गो लगाउन भइरहेको गृहकार्यलाई अन्तिम रूप दिन आज बैठक बस्न लागेको एमालेले जनाएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने तय भएको छ । बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुङ्गो लगाउने रणनीतिमा एमाले छ । बैठक लगातार बस्ने र दसैँअघि नै उम्मेदवार तथा निर्वाचनको घोषणापत्र टुङ्ग्याउने नेताहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *