Main News

डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६, साढे २७ हजार बढीमा संक्रमण पुष्टि

हिमालय टिभी
२०७९ असोज १२ गते १७:३९
डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६, साढे २७ हजार बढीमा संक्रमण पुष्टि

१२ असोज २०७९ काठमाडौं । डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ११ गतेसम्म मृतकको संख्या ३६ पुगेको हो । डेङ्गु संक्रमितको संख्या २७ हजार ५ सय ६९ पुगेको छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९ हजार ४ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा ६ हजार ४ सय ९८ र भक्तपुरमा एक हजार ७६ गरी उपत्यकामा संक्रमितको संख्या १७ हजार ७० पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै दुई हजार ६ सय ९१ जनामा संक्रमण देखिएको छ ।

संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा काभ्रे, धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी, कैलाली र दार्चुला छन् । नेपालमा डेङ्गु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *