Main News

प्रचण्डको घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते ७:५८
प्रचण्डको घर : बाहिरबाट हेर्दा सामान्य, भित्र छ भव्य (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार चितवनस्थित शिवनगरमा १४ कठ्ठा जग्गामा बनाइएको घरमा गृह प्रवेश गर्नुभयो । धेरैले यो घर बाहिरी आवरणबाट देख्दा जति सानो र सामान्य देखेपनि यो घर भित्रबाटै एक तले नै भएपनि निकै भव्य छ ।

यो हो –माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घर । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा रहेको यो घर छिमेकीका अनुसार १ करोड रूपैयाँमा बनेको हो । बाहिरबाट हेर्दा यो घर सामान्य देखिन्छ, तर भित्र निक्कै सुविधा सम्पन्न छ ।

यहाँ हेर्नुहोस्– ठूलो पर्खाल । भित्र छिर्ने बित्तिकै दायाँपट्टी सुरक्षाकर्मी र अन्य सहयोगी बस्न मिल्ने कोठा निकालेर टिनको छाना हालेर अस्थायी संरचना बनाइएको छ । १० कठ्ठा जग्गामा बनेको यो घरका सबै कोठामा फर्निसिङ गरिएको छ । घरमा परिवार र पाहुना बस्ने छुट्टै घर बनाइएको छ ।

घरको मुल ढोकाबाट भित्र प्रवेश गर्ने वित्तिकै फलसिलिङ हालिएको सान्दार बैठक कक्ष छ । बैठक कक्षमा लचकदार सोफा, एसी र फ्यान जडान गरिएको छ भने सबै कोठामा एसी छन् । भुइँमा चिल्ला मार्बल प्रयोग गरिएको छ । सयन कक्ष र शय्या पनि उत्तिकै भव्य छ ।

घरको ५० फिट लम्बाइ ३५ फिट चौडाइ छ । घर निर्माणको जिम्मा लिएका शिवनगरका बेगबहादुर गुरूङले प्रतिस्क्वायर फिट ४६० रुपैयाँ पाउने गरी यो घर बनाउनुभएको थियो । सबै जमिनलाई घेरिएको पर्खाल भने ज्यालादारी कामदार लगाएर निर्माण गरिएको थियो ।

धेरैले प्रचण्ड चितवनमा नै घर सर्नुभएको भनेपनि प्रचण्ड यही घरमा भने धेरै समय बस्नुहुन्न । काठमाडौँ केन्द्रित भएर राजनीति गर्दै आउनुभएका प्रचण्डको यो घरलाई लिएर अनेक टिकाटिप्पणी भइरहेको छ । तर, अहिले भने प्रचण्डको हतारमा गृहप्रवेशलाई चुनावमा मतदाता आकर्षित गर्ने मेलोका रूपमा चित्रण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *