Main News
सरकारी गोदाममै भेटियो उत्पादन मिति बिनाको खाद्य सामग्री (भिडियो रिपोर्टसहित)
२०७९ असोज ११ गते १६:४९
११ असोज २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं लक्षित बजार अनुगमन थालेको छ ।
महानगरपालिकाको टोलीले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरहरुमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नभएको पाइएको छ । उत्पादक र आयातकर्ताको स्पष्ट ठेगाना बिनाका खाद्य सामग्रीहरु धेरै भेटिए ।
सरकारकै कम्पनीहरुमा अखाद्य सामाग्री भेटिएको भन्दै उपभोक्ता अधिकारकर्मीले आक्रोश पोखेका छन् ।
सरकारले चाडपर्व लक्षित अनुगमन गर्ने गरेको छ । तर अखाद्य बस्तु बिक्री गर्नेहरुलाई भने सामान्य जरिबाना गरेर छोड्ने गरिएको छ ।
प्रतिक्रिया