Main News

लुम्बिनी प्रदेशमा तीन वर्षमा झण्डै चार हजारले गरे आत्महत्या (भिडियो रिपोर्टसहित)

२०७९ असोज १० गते १७:४८
लुम्बिनी प्रदेशमा तीन वर्षमा झण्डै चार हजारले गरे आत्महत्या (भिडियो रिपोर्टसहित)

१० असोज २०७९ दाङ । लुम्बिनी प्रदेशमा आत्महत्याको दर बढेको छ । तीन वर्षमा झण्डै चार हजारले आत्महत्या गरेका छन् । १२ जिल्लामध्ये सबैभन्दा आत्महत्या रुपन्देहीमा भएको तथ्यांकले देखाएको छ ।

आत्महत्या गर्ने देशको सूचीमा नेपाल विश्वको दशौं स्थानमा पर्दै आएको छ । विगत ५ वर्षदेखि नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ । यही अनुपात लुम्बिनी प्रदेश देखिन्छ । प्रदेशका १२ जिल्लामा तीन वर्षको अवधिमा ३ हजार ९ सय ७५ जनाले आत्महत्या गरेका छन् ।

लुम्बिनी प्रदेशमा आत्महत्याको संख्या
आर्थिक वर्ष २०७६र७७ मा १ हजार २ सय ३ जना
आर्थिक वर्ष २०७७र७८ मा १ हजार ४ सय ८ जना
आर्थिक वर्ष २०७८र७९ मा १ हजार ३ सय ४१ जना

प्रहरीका अनुसार आर्थिक वर्ष २०७८र७९ मा रुपन्देहीका धेरै छन् ।

जिल्लागत आत्महत्याको विवरण
रुपन्देही : २ सय ६७ जना
दाङ : २ सय १४ जना
कपिलवस्तुः १ सय ६६ जना
बर्दिया : १ सय ६१ जना
पाल्पा : ७५ जना
गुल्मी : ७१ जना
रोल्पा : ७३ जना
प्युठानमा : ६८ जना
अर्घाखाँची : ५९ जना
बाँके : ५८ जना
रुकुम : १२ जना

चालु आर्थिक वर्षको दोस्रो महिना सकिँदा जिल्लामा सात सय १२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्ने उमेर समूहमा विशेषगरी १५ देखि ४९ वर्षका व्यक्ति रहेको प्रहरीको तथ्यांक छ ।

आत्महत्या न्यूनीकरणका लागि सबैभन्दा पहिले व्यक्तिले देखाएको अस्वभाविक व्यवहार वा चिह्नलाई पहिचान गर्न आवश्यक छ । आत्महत्या रोकथामका लागि परिवारले डिप्रेसनमा रहेकालाई मनोविमर्शकर्ता र मनोचिकित्सकसँग परामर्श गराउन सक्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *