Main News

असहमतिबीच दलहरुले जनाए निर्वाचन आचारसंहितामा प्रतिबद्धता

हिमालय टिभी
२०७९ असोज ९ गते १८:५६
असहमतिबीच दलहरुले जनाए निर्वाचन आचारसंहितामा प्रतिबद्धता

९ असोज २०७९ काठमाडौं । दलहरुले असमतिकाबीच निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन ।

निर्वाचन आयोगमा आज भएको छलफलपछि दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्न लिखित प्रतिवद्धता जनाएका हुन् । तर मुख्य दलहरुले नै आचारसंहितामा भएका मुख्य मुख्य बिषयमै असहमति जनाएका छन् ।

प्रधानमन्त्री, मन्त्री र प्रदेशका मुख्यमन्त्री(मन्त्रीहरु आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रभन्दा बाहिर प्रचार गर्न नपाउनेलगायत नियममा दलहरुको आपत्ति छ ।

दलहरुले उठाएका विषय कार्यान्वयन गर्दा व्यवहारिक पक्ष हेरिने आयोगको आश्वासन छ ।

प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि शीर्ष नेतृत्व नै बोलाइएको भएपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्ड भने उपस्थिति हुनुभएन ।

छलफलमा नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकष्ण खाण, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, माओवादी केन्द्रबाट लिलामणि पोखरेल लगायत सहभागी हुनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *