राजनीति

माओवादी केन्द्र धनकुटाका नेताहरुले दिए सामूहिक राजीनामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ९ गते १८:०२
माओवादी केन्द्र धनकुटाका नेताहरुले दिए सामूहिक राजीनामा (भिडियो रिपोर्टसहित)

९ असोज २०७९ धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा दिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट हुँदा धनकुटाबाट माओवादीले भाग नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहितका नेताले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

माओवादीले टिकट नपाउने भएपछि भण्डारीले यसअघि नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउनुभएको थियो ।

भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यले राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्