बागमती प्रदेश सरकारले असोज ११ गते घुमफिर वर्ष २०७९-८० को शुभारम्भ गर्ने (भिडियो रिपोर्टसहित)
२०७९ असोज ९ गते १७:५८

९ असोज २०७९ हेटौंडा । बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसर पारेर असोज ११ गते घुमफिर वर्ष २०७९–८० को शुभारम्भ गर्ने भएको छ ।
चितवनको सौराहामा आज पत्रकार सम्मेलन गर्दै बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयले चितवनको सौराहाबाट घुमफिर वर्ष घोषणा गर्न लागिएको जानकारी दिएको हो ।
कोराना संक्रमणले पर्यटन क्षेत्रलाई धेरै असर गरेको भन्दै बागमती प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवर्धन गर्न घुमफिर वर्ष मनाउन लागिएको जनाएको छ ।
सौराहाबाट शुभारम्भ हुने कार्यक्रम प्रदेशका १३ वटै जिल्लामा सञ्चालन हुनेछ ।
प्रतिक्रिया