सुदूरपश्चिम प्रदेशमा डेंगुको संक्रमण उच्च, कैलाली धेरै प्रभावित (भिडियो रिपोर्टसहित)

२०७९ असोज ९ गते १७:५२
सुदूरपश्चिम प्रदेशमा डेंगुको संक्रमण उच्च, कैलाली धेरै प्रभावित (भिडियो रिपोर्टसहित)

९ असोज २०७९ काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेंगु संक्रमणबाट अहिलेसम्म ६ जनाको मृत्यु भएको छ । ७ सय ७७ जना संक्रमित भएका छन् । मृत्यु हुनेमा सबैभन्दा धेरै कैलालीका छन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा मात्रै डेंगु संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । २ सय ९८ संक्रमित भएका छन । जिल्लामा आर्थिक वर्ष २०७७–७८ मा ९५ जना डेंगुका बिरामी फेला परेकोमा ५९ जना लम्की चुहा नगरपालिकाका थिए ।

आर्थिक वर्ष २०७८–७९ मा एक सय ५६ जनामा संक्रमण भएको थियो । यही अवस्था रहे मृत्यु हुने क्रम पनि बढ्ने स्वास्थ्यकर्मीको आँकलन छ । डेंगीका लागि जोखिम क्षेत्र यकिन गर्न नसकिने भए पनि तराई क्षेत्रमै संक्रमण बढेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

यो पटक तराईसँगै पहाडी जिल्लामा समेत डेंगी फैलिएको छ । चिकित्सकका अनुसार मौसम परिवर्तन र बसाइँसराई बढी भएका कारण डेंगी संक्रमण सबै क्षेत्रमा पुगेको हो ।

सरसफाइमा ध्यान नदिँदा नै डेंगीको संक्रमण फैलिएको चिकित्सकको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *