Main News

सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

हिमालय टिभी
२०७९ असोज ९ गते १७:१९
सभामुख र उपसभामुखविरुद्धको रिटमा सर्वोच्चले दियो कारण देखाउ आदेश

९ असोज २०७९ काठमाडौं । चुनावी प्रक्रिया शुरु भइसक्दा पनि सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले पदीय हैसियतमा काम गरिरहेको भन्दै परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ ।

न्यायाधीश फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो । अधिवक्ता किशोर पौडेललगायतले सभामुख र उपसभामुखको पदावधि सकिएको दाबी गर्दै रिट दायर गर्नुभएको थियो ।

यही असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस भइसकेकाले प्रतिनिधिसभाको कार्यकाल सकिएको र सभामुख तथा उपसभामुखको पनि पदावधि सकिएको दाबी रिटमा गरिएको छ ।

सर्वोच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश दिँदै अग्रअधिकार दिएर यो रिटमाथि सुनुवाई गर्न आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *