राजनीति

के हो एमालेको पार्टी प्लस, लाख क्रस अभियान? (भिडियो रिपोर्टसहित)

२०७९ असोज ८ गते २०:५३
के हो एमालेको पार्टी प्लस, लाख क्रस अभियान? (भिडियो रिपोर्टसहित)

८ असोज २०७९ काठमाडौं । संसदीय निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख दल अन्य पार्टीका नेता कार्यकर्ता भित्र्याउने होडमा छन् । अरु दलका नेता भित्र्याउने अभियानमा प्रमुख प्रतिपक्षी एमाले अगाडि देखिन्छ ।

निर्वाचन नजिकिँदै गर्दा हरेक दिन पार्टी प्रवेशका कार्यक्रमका लागि अध्यक्ष ओली देश दौडाहमा हुनुहुन्छ । पार्टी पर्वेशको कार्यक्रमलाई चुनावी सभाकै झल्को दिइरहेको एमालेले पार्टी प्लस लाख क्रस अभियान नै चलाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा दल अदल(बदलको लहर नेपालको परम्परा नै भइसकेको छ। सिद्धान्त र विचारबारे वर्षौँसम्म विचार गरीरहने तर अवसर पाउनासाथ एउटा पार्टी छोड्ने र अर्कोको टीका लगाइहाल्ने प्रवृत्ति सामान्य बनिसकेको छ ।

यही सुत्र प्रयोग गरेर प्रमुख प्रतिपक्षी दल एमालेले यसपटक निर्वाचनको सम्मुखमा पार्टी प्रवेशको कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ । यो अभियानलाई एमालेले प्लस लाख क्रस अभियान नाम दिएको छ ।

निर्वाचनको समय भएकाले सबैजसो पार्टीमा टिकट र अवसरका लागि रस्साकस्सी छ । यो मौकामा चौका हान्दै एमालेले विभिन्न प्रदेश र जिल्लामा घोषित रुपमै पार्टी प्रवेशको अभियान चलाएको छ र यसको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले गरिरहनु भएको छ ।

नेकपा एमालेले २०७४ मा तय गरेको सुखी नेपाली समृद्ध नेपालको नारालाई नै नवीकरण गरेर बसेकाले नयाँ नाराको सिर्जनामा समय खेर नफाली यसपटक सदस्य संख्यामा जोड दिएको देखिन्छ । गत निर्वाचनकै कार्यभार नसकिएकाले नयाँ नारा बनाउनुपर्ने आवश्यकता नै नभएको नेताहरुकै भनाइ पाइन्छ ।

त्यसैले अरुतिर अपमानित भएकाहरुलाई मान दिने र अन्यायमा परेकालाई स्थान दिने प्रलोभन एमालेले देखाएको छ । हुन पनि गठबन्धनमा पाँच दलले भाग लगाउनुपर्ने निर्वाचन क्षेत्र एमालेले एक्लैले भाग लगाउँदा कतिपय निर्वाचन क्षेत्रमा अवसर पाउने सम्भावनासमेत बलियो देखेका नेताहरु एमालेप्रति आकर्षित भएका देखिन्छन् ।

विगतमा विचार र सिद्धान्तका सहअस्तित्वसमेत स्वीकार नगरिरहेका कतिपय नेताको प्रवेश भने प्रत्युतपादकसमेत हुन सक्नेमा जाने र भित्र्याउनेहरु पक्कै सजक होलान् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्