Main News

आज देशका चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

हिमालय टिभी
२०७९ असोज ८ गते १०:३१
आज देशका चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

८ असोज २०७९ काठमाडौं । आज देशका अधिकांश भू भागमा मौसम बदली रहने भएको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको र भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको हुँदा देशभर मौसम बदली रहने बताएको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि विभिन्न प्रदेशमा हल्कादेखि सामान्य वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशकानी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *