खेलकूद

दोस्रो टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तान विजयी

हिमालय टिभी
२०७९ असोज ७ गते ९:२०
दोस्रो टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा इङ्ग्ल्यान्डविरुद्ध पाकिस्तान विजयी

७ असोज २०७९ इस्लामावाद । घरेलु टोली पाकिस्तानले इङ्ग्ल्यान्डविरुद्धको दोस्रो टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा जित हात पारेको छ ।

कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई १० विकेटले पराजित गरेको हो । यस जितसँगै इङ्ग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १÷१ को बराबरी गरेको छ ।

इङ्ग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा ग-यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्