Main News

कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु

२०७९ असोज ६ गते ६:४९
कपनको लसुनटारमा आगलागी, तीनजनाको मृत्यु

६ असोज २०७९ काठमाडौं । काठमाडौँको कपनस्थित लसुनटारको एक घरमा आगलागी हुँदा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित लसुनटारमा हिजो साँझ पौने ७ बजेतिर भीषण आगलागी हुँदा तीनजनाको मृत्यु भएको हो । मृतकको भने पहिचान खुल्न सकेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पौने सात बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा केहीबेर अगाडि नियन्त्रणमा लिइएको राससलाई जानकारी दिनुभयो ।

आगलागी के कारणले भयो भन्नेबारे अहिलेसम्म खुल्न नसकेको उहाँको भनाइ छ । आगलागी नियन्त्रणमा लिए पनि नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीको खोज तथा उद्धारको टोलीले अहिले घटनास्थलमा रहेका छन् ।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासीका साथै वारुणयन्त्र र पानी ट्याङ्करको प्रयोग गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.