Main News

सांसदले त्यागेनन् सुविधा, सरकारी गाडीमै गुड्छन् निवर्तमान सभापति र सचेतक (भिडियो रिपोर्टसहित)

२०७९ असोज ५ गते २०:४३
सांसदले त्यागेनन् सुविधा, सरकारी गाडीमै गुड्छन् निवर्तमान सभापति र सचेतक (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन मनोनयन प्रक्रिया आइतबारबाट शुरु भएसँगै सांसदको पदावधि सकिएको छ । पदावधि सकिए पनि दलका प्रमुख सचेतकदेखि प्रतिनिधिसभाका समिति सभापतिले संसद सचिवालयबाट लिएको सवारी साधनदेखि जिन्सी सामग्री फिर्ता गरेका छैनन्।

२०७४ सालमा सम्पन्न निर्वाचनबाट २ सय ७५ प्रतिनिधिसभा सदस्य निर्वाचित भए । तिमध्ये ४ जना निलम्बनमा परे भने चार जना पदमुक्त भए । प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा २ सय ६७ सदस्य रहेका थिए । मंसिर ४ गतेको निर्वाचनको कार्यतालिका अनुसार असोज ३ गते समानुपातिक उम्मेदवारको बन्दसूची पनि बुझाइसकिएको छ ।

यसअघि प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेमध्य रातमै सकिएको छ । संसदको तल्लो सदनको अवधि सकिएपनि सभामुख, उपसभामुखसहित अधिकांश दलका प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिहरूले संसद सचिवालयबाट पाएको सुविधा फिर्ता गरेका छैनन । हालसम्म ४७ सांसदले मात्र पाएको सुविधा बुझाएका छन ।

के के पाउँछन सुविधा ?
सभामुख र उपसभामुखले विशेष सुविधा पाउँछन् । उनीहरूले सचिवालय खर्च, सवारी साधन, रातो पासपोर्ट जस्ता धेरै सुविधाहरू पाउँने गरेका छन । दलका प्रमुख सचेतक, सचेतक र संसदीय समितिका सभापतिहरूले पनि सवारी साधन सहित रातो पासपोर्टसहित राज्यमन्त्री सरह सुविधा पाउँछन ।

सांसदको हकमा उनीहरूले रातो पासपोर्ट र केही जिन्सी सामान पाउछन् । संसद सचिवायलको तथ्यांक अनुसार अहिलेसम्म संसदको सेवा सुविधा फिर्ता गर्नेमा एमालेका ४५ सांसद, कांग्रेसका १, एकीकृत समाजवादीका १ सांसदले गरेका छन । तर संसदको अवधि सकिएसगै लिएको सेवा सुविधा फिर्ता नगर्ने सांसदलाइ नैतिक प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *