Main News

संविधानको दायराभन्दा बाहिर जाने छुट नरहेको उपराष्ट्रपति पुनको टिप्पणी

राष्ट्रपतिको कदमप्रति उपराष्ट्रपतिको टिप्पणी

हिमालय टिभी
२०७९ असोज ५ गते १५:५९
संविधानको दायराभन्दा बाहिर जाने छुट नरहेको उपराष्ट्रपति पुनको टिप्पणी

५ असोज २०७९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसदबाट पारित नागरिकता संशोधन विधेयक प्रमाणीकरण नगरेपछि उपराष्ट्रपति पुनको यस्तो प्रक्रिया आएको हो ।

उपराष्ट्रपति पुनले निकालेको विज्ञप्तीमा पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भन्दै बृहत् जनआवाज उठेको उल्लेख छ ।

उहाँले यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष भएको टिप्पणी गर्नुभयो । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणका लागि सबै पक्षसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *