Main News

राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री देउवाले कानूनविदहरुसँग परामर्श गर्दै

हिमालय टिभी
२०७९ असोज ५ गते १४:५७
राष्ट्रपतिको कदमबारे प्रधानमन्त्री देउवाले कानूनविदहरुसँग परामर्श गर्दै

५ असोज २०७९ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमबारे कानूनविद्‌हरुसँग परामर्श गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिउँसो साढे ३ बजे परामर्शका लागि कानूनविदहरूलाई बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

यसअघि सत्तारुढ गठबन्धनमा रहेका चार दलले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *