Main News

४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची बुझाए

हिमालय टिभी
२०७९ असोज ४ गते ९:१३
४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची बुझाए

४ असोज २०७९ काठमाडौं । आगामी मङ्सिर ४ मा हुने निर्वाचनअन्तर्गत ४८ राजनीतिक दलले प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेका छन् ।

गएराति अबेरसम्म राजनीतिक दलले आआफ्नो पार्टीको बन्दसूची बुझाएको र आज दिनभरमा रुजु गरिने निर्वाचन आयोगका सूचना अधिकारी गुरु वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन निवेदन दिएका ६८ मध्ये ४८ दलले मात्रै समानुपातिकको बन्दसूची पेस गरेका हुन् ।

यस हिसाबले १ सय १० सांसद समानुपातिक रूपमा छानिने छन् । प्रदेश नम्बर १ मा ५५ जनाले निर्वाचनमा सहभागी हुन निवेदन दिएकोमा ३६ राजनीतिक दलले समानुपातिकको बन्दसूची बुझाएका छन् ।

प्रदेश १ बाट ३७ जना सांसद समानुपातिक हुने छन् भने मधेस प्रदेशमा ३६ दलले बन्दसूची बुझाउँदा त्यहाँबाट ४३ सांसद समानुपातिकका हुने छन् ।

बागमती प्रदेशमा ४०, गण्डकीमा ३१, लुम्बिनीमा ३२ कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ राजनीतिक दलले समानुपातिकतर्फकको बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । आयोगले हिजो र अस्ति समानुपातिकको बन्दसूची बुझाउने समय दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *